बालिकामाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ

बालिकामाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ

२३ साउन जाजरकोट । झारफुकको नाममा जाजरकोटमा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका हुन्।उक्त घटना असार ५ गतेको रहेको पनि प्रहरीले जनाएको छ।

भिडिओ भाइरल भएपछि प्रहरीले सोही आधारमा साउन २१ गते उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।उनले झारफुकका नाममा १४ वर्षीया बालकामाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।