मेयरले कार्यालय प्रमुख सहित ३ जनालाई प्रहरी बोलाएर थुनाए

4.2KShares
मेयरले  कार्यालय प्रमुख सहित ३ जनालाई प्रहरी बोलाएर थुनाए

दीपककुमार शर्मा

२० चैत बर्दिया । १८ लाखको वोरिगंको घोटालाको घटना सेलाउन नपाउदै बारबर्दिया नगरपालिकामा अक्रो लफडा भएको छ ।
चैत १९ गते मंगलबारका दिन प्रमुख प्रशासकिय अधिकृत दीपक आचार्य सहितका केहि कर्मचारी र पालिका प्रमुख छलिलाल थारु तथा उप प्रमुख रत्नकुमारी पाण्डे विचको झगडाले उग्र रुप लिएपछि प्रहरी बोलाउने काम मात्र नभएर थुनाउने काम समेत भएको छ । मेयर छलिलाल थारुको भनाई अनुसार मदिरा सेवन गरेर कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत प्रवेश गरी उप प्रमुख तथा आफु संग झगडा गरेपछि प्रहरी बोलाउनु परेको नयाँ शिरालाई बताउनु भयो ।

दिउसो नगरपालिका छिरेको प्रहरीले बेलुकी आफन्तको रोहवरमा नियन्त्रणमा लिएका प्रमुख प्रशासकिय अधिकृत सहित ३ जनालाई छोडेको थियो ।पालिका स्रोतका अनुसार मेयर थारूले पावर टिलर खरिदमा पाँच लाख रूपैयाँ घुस खान नपाएपछि प्रमुख प्रशासकिय अधिकृत सहित केहि कर्मचारीलाई बदनाम गर्न र फसाउन षड्यन्त्र गरेको एक कर्मचारीले बताए ।नगरले किसानको ५० प्रतिशत लगानीमा पावर टिलर खरिद गर्न थालेको छ ।