२२ साउन बर्दिया । जबरजस्ती करणी कसुरका फरार प्रतिवादीलाई बर्दिया प्रहरीले पाँच वर्ष पछि पक्राउ गरेको छ ।बर्दिया बढैयाताल गाउँपालिका १ शान्तिपुरमा लुकिछिपि बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनु भयो ।
उहाका अनुसार मगर विरुद्ध २०७८ सालमा जबरजस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको थियो । उक्त दिनदेखि नै मगर फरार रहेका थिए ।