विषालु च्याउ खाँदा श्रीमानको मृत्यु श्रीमती गम्भिर घाइते

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु श्रीमती गम्भिर घाइते

१९ साउन बाजुरा । बाजुरमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ।सोमबार दिउँसो जंगलमा उम्रिएको च्याउ खाँदा सोही बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका दिनु भएको छ ।

उहाका अनुसार विषालु च्याउ खाई विरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषण गरेको हुन । विषालु च्याउ खाँदा श्रीमानको मृत्यु भएको र उहाँकी श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।विषालु च्याउ खाएर गम्भीर भएकी थापाको अस्पतालमा उपचार भइरहेको छ ।