पुर्व रास्ट्रपति लाई राजनितीमा स्वागत छ : के पि ओलि

753Shares
पुर्व रास्ट्रपति लाई राजनितीमा स्वागत छ : के पि ओलि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताएका छन्।

एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्ने क्रममा ओलीले भण्डारी राजनीतिमा आउन चाहे कसैले नरोक्ने बताएका हुन्। 

‘पार्टी काममा सक्रिय हुने चाहना देखाए उहाँलाई हामी निषेध गर्दैनौं। उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ। तर, उहाँ आउँछु त भन्नुपर्‍यो, उहाँलाई सधैँ वेलकम छ,’ ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ?’ 

‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ’, ओलीले भने, ‘त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि। हाम्रो पार्टीको उपाध्यक्ष नै हो। हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन।’ 

यसअघि भण्डारी एमालेको नेतृत्वमा फर्कन चाहेको हल्ला चलेकोबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले त्यो कुरा निकालेर पार्टीभित्र समस्या सिर्जना गर्न खोजिएको भन्दै टिप्पणी गरेका थिए।

ओलीले पूर्वराष्ट्रपतिलाई पार्टीभित्रका नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको पनि उल्लेख गरे।