हचुवाको भरमा विधेक पास हुन्छ्न : डा सि के राउत

33Shares
हचुवाको भरमा विधेक पास हुन्छ्न : डा सि के राउत

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रति वितृष्णा जागेको बताए ।

उनले भने, ‘ उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन् । त्यो कसले बनाउँछ भन्दा, तपाईहरुलाई मबाट पनि धेरै आशा होला, हामी सांसद बनेर त्यही संसदमा मौज्जुद छौं। हामी पनि केही गर्छौं की भनेर स्वभाविक हुन्छ, संसदीय व्यवस्थामा आशा गरिन्छ । हामीबाट पनि आशा गरिन्छ । म बहुत कम समयमा यो संसदप्रति वितृष्णा उत्पन्न भएको छ ।’ ‘ सबैले संसद ऐन, कानून निर्माण गर्ने थलो हो भन्ने सोच्छन् । तर  बिना छलफल र अध्ययन बहुमतको आडमा धमाधम ऐनहरु पारित हुन्छ। यो मलाई एकदमै चित्त नबुझेको कुरा हो।’

उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरु गहन र विषयवस्तु आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए । उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरुले नदिने गरेको दाबी गरे ।

उक्त कार्यक्रममा अध्यक्ष राउतले शिक्षकलाई उचित पारिश्रमिक दिनुपर्ने र शिक्षा पेशालाई मर्याीदत बनाउनुपर्ने बताए।