नेपालगञ्जमा सद्भाव र्याली निकालियो

नेपालगञ्जमा सद्भाव र्याली निकालियो

१६ साउन बाँके । बाँकेको नेपालगन्जमा सद्भाव र्याली निकालिएको छ ।  स्थानीय वीपी चोकदेखि धम्बोजी वीरेन्द्र चोक सम्म सद्भाव र्याली निकालिएको हो । उक्त र्यालीमा धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय लगायत सहभागी भएका थिए । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले र्याली निकाल्ने निर्णय गरेको थियोे ।