जुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गरेका येभगेनी प्रिगोगिनको बुधवार राति भएको विमान दुर्घटनामा मृत्यु भएको थियो ।
उनी निजी सेना वाग्नर समूहका प्रमुख थिए । समाचार एजेन्सी रोयटर्सले रुसको एजेन्सी टासलाई उद्धृत गर्दै यो खबर दिएको हो । दुर्घटनामा थप १० जनाको मृत्यु भएको बताइएको छ ।
जानकारी अनुसार यो दुर्घटना बुधवार दिउँसो मस्कोको उत्तरी क्षेत्रमा भएको हो । रुसको नागरिक उड्डयन प्राधिकरणले येभगेनीको नाम यात्रु सूचीमा समावेश भएको मात्रै जानकारी दिएको छ । यो एम्बरर विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो ।
यो घटना पछि अमेरिका लगायत पश्चिमा मुलुकको ध्यान केन्द्रित भएको जनाइएको छ ।