१३ साउन काठमाडौँ। चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन औपचारिक रूपमा सकिएको छ।पहिलो र दोस्रो चरण गरी दुई भागमा बाँडेर गरिएको चलचित्रको छायांकन मंगलबार पूरा भएको हो। कुल ४० दिनको मेहेनतपछि छायांकन सम्पन्न भएको जानकारी निर्देशक सरोज पौडेलले दिएका छन्।
छायांकन सकिएपछि आफ्नो धारणा राख्दै निर्देशक पौडेलले धैर्य र मेहेनतका साथ एउटा राम्रो सिनेमा खिच्ने प्रयास गरिएको बताए। यो मेहेनत र लगावका लागि सिङ्गो टिमलाई धन्यवाद दिँदै उनले भने, ‘मङ्सिर ४ गते दर्शकले एउटा राम्रो चलचित्र हलमा हेर्न पाउनु हुनेछ।’