दीपककुमार शर्मा
११ साउन बाँके । निर्माण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउनका लागी आफु लागी पर्ने नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष प्रकाश शाहले बताउनु भएको छ ।लुम्बिनी प्रदेशको हालै सम्पन्न अधिबेशनमा अध्यक्ष पदमा बिजयी भएपछि उहाले संन्चारकर्मि संग प्रतिक्रिया दिदै सो कुरा बताउनु भएको हो । साथै उहाले निर्माण व्यवसायी पनि समाजको एउटा पाटोे हो जसले नाफा मात्र नहेरेर समाज सेवालाई पनि अग्रनी हिसावले टेवा पुरयाउन सक्ने उल्लेख गर्नु भयो ।
बाँके कोहलपुर निवासी शाह लामो समयदेखि निर्माण व्यवसायसँगै सामाजिक सेवामा सक्रिय व्यवसायीहरूको हकहित संरक्षण, निर्माण क्षेत्रमा देखिएका समस्या समाधान, सुशासन तथा गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नु भएको छ ।