२४ घण्टामा विपद्का ४१ घटना तिन जनाको मृत्यु हुँदा १९ जना घाइते

२४ घण्टामा विपद्का ४१ घटना  तिन जनाको मृत्यु हुँदा १९ जना घाइते

१० साउन काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ ।

घटनामध्ये सबैभन्दा बढी पहिरोका १२, सर्पदंशका १५, आगलागीका ६, चट्याङका २, बाढीका २, वनडढेलोका ५ तथा जनावर आक्रमणका २ घटना रहेका छन् ।घटनामा प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी तथा स्थानीय निकायको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।बुलेटिनअनुसार विभिन्न घटनामा १९ जनाको उद्धार गरिएको छ भने १ हजार ७ सय ५६ सवारी साधन परिचालन गरिएको छ।