सुशासनको धज्जी उडाउदैं बालेन सरकार

सुशासनको धज्जी उडाउदैं  बालेन सरकार

९ साउन काठमाडौं । सुशासनको कुरा गरेर नथाक्ने बर्तमान सरकारले आफैले सुशासनको धज्जी उडाएको छ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को स्वकीय सचिवालयमा हाल २७ जना नियुक्त भएको खुलेको छ ।प्रधानमन्त्री कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेञ्जनकार कुमार बेन र राजनीतिक सल्लाहकार अशिम साहलाई मन्त्रीसरह सेवा सुविधा उपलब्ध गराउने गरी नियुक्त गरिएको छ ।त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारलाई राज्यमन्त्रीसरह सेवा सुविधा प्रदान गरिएको कार्यालयले जनाएको छ ।

मन्त्री तथा राज्यमन्त्रीसरह सुविधा प्राप्त सचिवालयका सदस्यहरूलाई सरकारी गाडी र चालकको सुविधा समेत उपलब्ध गराइएको छ ।प्रधानमन्त्री कार्यालयले हाल सचिवालयमा २७ जना नियुक्त भएको र सचिवालयमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था रहेको दाबी गरेको छ ।