ओलीको खम्बा बनेर उभिए महेश बस्नेत

ओलीको खम्बा बनेर उभिए महेश बस्नेत

१० जेठ काठमान्डौं । नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दै सचिव महेश बस्नेतले आक्रामक धारणा राखेका छन्।बैठकमा अधिकांश नेताहरूले ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखिरहेका बेला बस्नेतले उनीमाथि भएको आक्रमणलाई ‘गैरजिम्मेवार र अपराधिक मानसिकता’ भनेका छन्।

बैठकमा बोलेका बस्नेतले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था, हालैका राजनीतिक घटनाक्रम र पार्टीको रणनीतिबारे विस्तृत रूपमा आफ्नो कुरा राखेका थिए।बस्नेतले भने, ‘अध्यक्ष केपी शर्मा ओलीलाई बालेन र सुदनले सपथ खाएको २४ घण्टाभित्रै गिरफ्तार गरियो। कुनै आरोप पुष्टि नभएपछि अदालतले १३ दिनपछि रिहा गर्‍यो।’उनले ओलीको स्वास्थ्य अवस्था निकै संवेदनशील रहेको उल्लेख गर्दै अपरेशनपछि निमोनिया र इन्फेक्सनसँग लडिरहेको अवस्थामा पार्टीले नेतृत्व परिवर्तनको कुरा उठाउनु गैरजिम्मेवार भएको बताए।उनले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले निर्वाचनमा साम्राज्यवादी शक्ति, अल्गोरिदम र राज्य संयन्त्रको दुरुपयोग भएको भन्ने धारणा सच्याउने निर्णयलाई गलत भने। बस्नेत भन्छन्, ‘यो विषय सच्याउनु गल्ती हो।’

बस्नेतले निर्वाचनमा सामाजिक सञ्जाल र अल्गोरिदमको व्यापक दुरुपयोग भएको, सरकारले मापसे मोडलमा पनि नियन्त्रण गर्न नसकेको, भदौ २३ गतेको घटनापूर्व कुनै तयारी नभएको र युवा तथा कार्यकर्तालाई प्रभावकारी काउन्टर दिन नसकेको बताए।