सुन तस्करी प्रकरणमा संलग्न सबै कर्मचारी निलम्बन गर्न निर्देशन

756Shares
सुन तस्करी प्रकरणमा संलग्न सबै कर्मचारी निलम्बन गर्न निर्देशन

बिहिवार, ०४ श्रावण २०८०

काठमाडौं

प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । बुधबार त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भयपछि राजश्व अनुसन्धानको टोलीले एक अर्ब रुपैयाँ बराबरको करिब १ सय केजी सुन बरामद गरेको थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जाँचपासमा संलग्न सबैकमाथि कारबाहीको तयारी भएको बताए । तत्काल निलम्बन गरेर उनीहरुमाथि छानबिन गरिने उनले जनाए । पौडेलले त्यति ठूलो परिमाणमा तस्करीको सुन कसरी जाँचपास भयो भन्नेबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ थियो ।