११ माघ बाँके । नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघिय संरचना परिवर्तन गर्न सकिने बताउनु भएको छ ।
विहिवार देखि नेपालगंज स्थित सडक डिभिजन कार्यालय परिसर कारकाँदोमा प्रादेशिक महोत्सव २०८१ उदघाटन गर्दै उहाले सो कुरा बताउनु भएको हो । प्रादेशिक महोत्सवको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्ने विषय छलफलको विषय भएको समेत बताउनु भयो । साथै उहाले उद्योगी, व्यवासायीले राखेका विभिन्न बिषयवस्तु, समस्या माथि सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘मेरो गंम्भिर ध्यानाकर्षण भएको छ । बाँके, बर्दियालाई कर्णाली सँग जोड्ने कुरा तपाईंहरुले अलि जोड्दार रुपमा उठाउनुभयो । यो प्रादेशिक संरचना जस्तो बन्यो । नेपालगंजलाई प्रादेशिक राजधानी बनाउने कुरा त्यतिबेला उठेकै थियो । संविधान बनाउने क्रममा म यहाँ आउँदा तपाईहरुले भनेको कुरा पनि मलाई ताजै स्मरण छ ।’प्रचण्डले अघि थप्दै भन्नुभयो, ‘प्रादेशिक संरचना भोगोलको पनि समिक्षा हुन्छ । तपाईहरुको मर्म र भावानालाई पनि ध्यान दिईने छ ।नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक टंक बहादुर धामीको अध्यक्षमा भएको उद्दघाटन समारोहमा प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, किशोरसिंह राठौर, दिपा शर्मा, लक्ष्मी तिवारी, हसिना खान, प्रदेश सभा सदस्यहरु कृष्णा केसी नमुना, बादशाह कुर्मी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरी, देवेन्द्र पाण्डे, नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नविन गिरी, हिन्दु, मुस्लिम, इसाइ, बौद्ध, शिख धर्मका धर्मगुरु, विभिन्न सुरक्षा निकायका प्रमुख एवंम प्रतिनिधि लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
‘उद्योग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने मुख्य नाराका साथ आजदेखि शुरु भएको प्रादेशिक महोत्सव आगामी माघ २२ गतेसम्म चल्नेछ