बर्दियाको ठाकुरबाबा माघि मेलामा खुकरी प्रहार

189Shares
बर्दियाको ठाकुरबाबा माघि मेलामा खुकरी प्रहार

१ माघ बर्दिया । बर्दियामो ठाकुरबाबा माघि मेलामा खुकरी हानाहान बाट २ जना घाइते भएका छन । घाइतेको उपचार भैरहेको प्रहरीले जनाएको छ ।ठाकृरबाबा नगरपालिका ९ स्थित ठाकुरबाबा मन्दिरनजिक रहेको टाइगर चोकमा सोमबार राति करिब १२ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियारबाट गेरुवा गाउँपालिका–५ का करिब २० वर्षका नवीन थारु र साजन थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिनु भयो । के कारणले खुकुरी प्रहार भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।