१ माघ बर्दिया । क्रान्तिकारी कम्युनिष्ट पार्टि बर्दियाले जिल्लामा घटेका समसामयिक घटनाहरु प्रति आफनो गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टि बर्दियाले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै निजि तथा सरकारी बैंकहरुको आड र संरक्षणमा मिटरव्याजी लघुवित्त सस्था र सहकारीहरुले सामान्तवादी पञ्चायती व्यवस्थामा साहुकार र जमिन्दारहरुले जस्तै व्याजको स्याज लिने सोदरखोरको भुमिका खेलिरहेको छन साथै जनताको उठिवास लगाई रहेका छन । विज्ञप्तीमा अगाडि भनिएको छ । भारतीय समानको अबैध आयतले गर्दा जिल्लाका किसान र व्यापारीहरु निकै मर्कामा परेको भनिएको छ ।
साथै यस प्रकारको विरोध गर्दा सरकारले प्रहरीको प्रयोग गरी विरोध व्यानर हटाउने कार्य गरेको भन्ने आपत्ती पनि जनाइएको छ । पार्टिका का.वा.सेक्रेटरी बिनय रानाले जारी गरेको विज्ञप्तीमा थप लेखिएको छ मिटर व्याजी लघुवित्तिय सस्था र सहकारी तथा बैंकद्धारा घरबारविहिन, धितो लुटिएका, चर्को शोषणमा परेका , जनताको श्रृण मिनाह गरिदिने, भारतिय समानका अवैध आयात गरी नेपाली किसानको उत्पादन विक्रि हुन नदिने र व्यापारीहरुको टाट पल्टाउने प्रकृया माथि रोक लगाउन साथै किसान मजदुरको लोकतान्त्रीक बैधानिक क्रियाकलापमाथी अवैध प्रतिवन्ध नलगाउनु समग्र राज्यसत्ता र विशेषत बर्दिया जिल्लाको प्रशासन संग जोडदार माग गरिएको छ साथै जनताको आवाजलाई लिएर न्यायको लागी संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ ।