परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ

114Shares
परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ

२९ पुष काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र संयुक्त राष्ट्रसंघको भ्रमणबारे जानकारी गराएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा परराष्ट्रमन्त्री डा. आरजु राणा पनि थिइन् । त्यसक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग आफ्नो भेट भएको मन्त्री राणाले जानकारी दिइन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीबाट संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भएको सहभागिताले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र विश्व मञ्चमा नेपाललाई सशक्त रुपमा प्रस्तुत गर्न योगदान पुगेको छ । चीन भ्रमणको क्रममा चीनसँग व्यापार लगानी, अन्तरदेशिय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशा तर्फ दुई पक्षिय सम्बन्ध राम्रो हुनु पर्ने कुरा भएको र नेपाल र चीनको सम्बन्ध थप उचाईमा लैजानको लागि भावि कार्य दिशा समावेश गरिएको छ ।’

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच दुई पक्षीय हितका विविध विषयहरूमा छलफल भएको बताउँदै उनले उक्त वार्तामा नेपाल र चीनबिचको सम्बन्ध र सहयोग सम्बन्धी महत्पूर्ण पक्षहरूमा घनिभूत छलफल हुनुका साथै द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त भएको बताइन्