दीपक शर्मा
२९ पुस बर्दिया । बारबर्दियाको जयनगरमा जारी महोत्सवमा चर्चित नायक पल शाह माघ २ गते आउने भएका छन । घुम्न जाऔं बर्दिया अभियान अन्तर्गत कृषि , उद्योग र पर्यटनमा बृद्धि, बारबर्दिया नगरको समृद्धि भन्ने मुल नाराका साथ बारबर्दिया कृषि , पर्यटन तथा औद्योगीक व्यापार महोत्सवमा चर्चित नायक पल शाह आउने भएपछि रौनक छाएको छ । साथै अन्य कलाकारको पनि प्रस्तुती रहने बताइएको छ ।नायक पल शाहले भने म बर्दियाको बारबर्दियाको जयनगरमा जारी महोत्सवमा माघ २ गते आउदै छु तयारी भएर वस्नु होला ।
बारबर्दिया नगरपालिका उद्योग वाणिज्य संध बारबर्दिया नगरपालिकाको आयोजनामा पुस २५ गतेदेखि संचालन भैरहेको महोत्सवमा माघ २ गते ति कलाकारको प्रस्तुती रहने छ ।महोत्सवमा स्थानिय उत्पादन , कला सस्कृति प्रस्तुत हुनुका साथै पल शाह, बद्रि पंगेनी , ज्योति मगर , पुर्णकला विसी, चक्र बम,शान्ति श्री परियार, अनु चौधरी, करण परियार, रामजी खाँण लगायत अन्य कलाकार र स्थानिय कलाकारको प्रस्तुती रहने छ । साथै प्रथम बारबर्दिया डान्स आइडल पनि हुने भएको छ । आयोजकले महोत्सव अवलोकनका लागी आग्रह गरेको छ ।