दीपककुमार शर्मा
२९ पुस बर्दिया । घुम्न जाऔं बर्दिया अभियान अन्तर्गत कृषि , उद्योग र पर्यटनमा बृद्धि, बारबर्दिया नगरको समृद्धि भन्ने मुल नाराका साथ बारबर्दिया कृषि , पर्यटन तथा औद्योगीक व्यापार महोत्सवमा आज रामजी खाँण लगायतका कलाकार आउने भएका छन ।बारबर्दिया नगरपालिका उद्योग वाणिज्य संध बारबर्दिया नगरपालिकाको आयोजनामा पुस २५ गतेदेखि संचालन भैरहेको महोत्सवमा आज सोमबार चर्चित कलाकार राजजी खाँण , सोमती थारु लगायतका कलाकारको प्रस्तुती रहने छ ।
महोत्सवमा स्थानिय उत्पादन , कला सस्कृति प्रस्तुत हुनुका साथै पल शाह, बद्रि पंगेनी , ज्योति मगर , पुर्णकला विसी, चक्र बम,शान्ति श्री परियार, अनु चौधरी, करण परियार, रामजी खाँण लगायत अन्य कलाकार र स्थानिय कलाकारको प्रस्तुती रहने छ । साथै प्रथम बारबर्दिया डान्स आइडल पनि हुने भएको छ । आयोजकले महोत्सव अवलोकनका लागी आग्रह गरेको छ ।