२७ पुस काठमान्डौ । कृषि विकास बैंक लिमिटेडले फुटसल प्रतियोगीताको आयोजना गर्ने भएको छ ।
बैंकको ५८औं वाषिर्कोत्सवको उपलक्ष्यमा कृषि विकास बैंक लिमिटेड द्वारा माघ १ गते देखि ५ गते सम्म कर्पोरेट स्तरीय फुट्सल प्रतियोगिता गराउन लागेको कुरा फुट्सल उपसमितिका संयोजक एवम कृषि विकास बैंक लिमिटेडका विभागीय प्रमुख प्रकाश कडेलले जानकारी दिनु भयो ।कृषि विकास बैंक लिमिटेडका उप महाप्रबन्धक मीनराज पोख्रेलले टाईसीट निकाल्दै विभिन्न छेत्र, लगायत पुरुष तर्फ २० वटा र महिला तर्फका १० वटा सहभागी टिम लाई शुभकामना व्यक्त गर्नु भएको थियो ।
आजभोलि मानिसहरु आफ्नो कार्य व्यस्तताका कारण शारिरिक व्यायाम कम गर्ने भएकोले स्वास्थ्य प्रतिकुल हुने र स्वास्थ्यका लागि खेलकुद आवश्यक भएको बताउदै विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुको शारीरिक एवं मानसिक तन्दुरुस्तीका लागि खेलकुद आवश्यक भएकोले बैंक दिवसको अवसर पारेर यस प्रतियोगिताको आयोजना गरिएको कुरा उप( महाप्रबन्धक मिनराज पोख्रेलले प्रष्ट पार्नु भयो ।