दीपक शर्मा
२६ पुस बर्दिया । बर्दियाका समाजसेवि युवराज अधिकारीलाई काठमान्डौमा आयोजना गरिएको एक कार्यक्रममा यशस्कर सदस्यता प्रदान गरिएको छ ।
नेपाल नेत्रज्योति संघको पुनित उदेश्य प्राप्तिका लागि नेपाल नेत्रज्योति संघ बर्दिया आँखा अस्पताल मार्फत आँखा उपचार सेवा प्रवाहमा नि . स्वार्थ सेवाभावबाट अभिपे्ररित भई पुरयाउनु भएको योगदानको उच्च कदर गर्दै बर्दिया मधुवन नगरपालिका वार्ड ८ निवासी समाजसेवि युवराज अधिकारीलाई संघको विद्यानमा भएको व्यवस्था अनुसार यशस्कर सदस्यता प्रदान गरिएको हो ।
अधिकारीले नेपालमा अन्धोपन निवारण गर्ने अभियानमा उल्लेख्य योगदान पुरयाएकोमा नेपाल नेत्रज्योति संघ काठमान्डौले सो सदस्यता प्रदान गरिएको जनाएको छ । संघको २९ औ अधिवेशनमा उप प्रधानमन्त्री एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले सो अवसरमा यशस्कर सदस्यता प्रदान गर्नु भएको हो । सो अवसरमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त , नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द लगायतको समेत उपस्थिति रहेको थियो ।