खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

138Shares
खैरो हेरोइनसहित कैलालीबाट ४ जना पक्राउ

२६ पुस काठमाडौँ । कैलालीमा खैरो हेरोइनसहित कैलालीबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ बाट प्रहरीले खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ ।आरोपीहरुको साथबाट १६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र सिंह बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा धनगढी घर भएका २४ वर्षीय शंकर राना, ३५ वर्षीय राजकुमार राना, २४ वर्षीय भक्त राना र सुर्खेत घर भएर धनगढीमा कपडा पसल सञ्चालन गर्ने ३० वर्षीय अवतार हुसने मातर छन् ।