२६ पुस काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्ष उमेरहद र खुला पक्षधरबिच विवाद उत्कर्षमा पुगेको छ ।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा नेतृत्वका लागि उमेरहद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो लगाउन पुस १३ गते भएको निर्वाचनमा पराजित भएका खुला पक्षधरले धाँधली भएको आरोप लगाएका छन् । उनीहरूले पार्टीकै केही शीर्ष नेताको निर्देशनमा निर्वाचन धाँधली भएको आरोप लगाउँदै आएका छन् ।संगठनको विधान अनुसार प्रदेशका अध्यक्ष केन्द्रीय समितिमा सचिवसरह हुने भनिएको छ ।
तर केन्द्रमा ३२ वर्ष मुनिका नेताहरू निर्वाचित भएपछि उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको जवाफमा शर्माले उपाध्यक्षसरह बनाउन सकिने गरी व्यवस्थापन गर्न सकिने बताए । यद्यपि यी समग्र समस्याको समाधानका लागि पार्टीले निर्देशिका नै जारी गर्न सक्ने उनको भनाइ छ ।