२५ पुष काठमाडौं ।नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष दाहाल, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए।
संयुक्त समाजवादी मोर्चा,पछिल्ला राजनीतिक घट्नाक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ ।