२५ पुष विराटनगर| कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन वैशाख १८ -१९ गते हुने भएको छ ।मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा बिहीबार बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारले करिब १ खर्वको लगानी भित्र्याउने गरी लगानी सम्मेलन आयोजना गर्न लागेको हो । लगानी सम्मेलनका लागि ३७ वटा परियोजनाहरुलाई शोकेसमा राखिएको छ । यसका लागि विभिन्न समिति र सचिवालय समेत गठन भईसकेको छ ।
कोशी प्रदेश सरकारले आगामी २०८२ बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्र्णय गरेको छ ।
कानून, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने, कानून, सोही समितिमा परिमार्जित मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको रकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले बताए ।