बर्दियाको बारबर्दियामा पहिलो पटक महोत्सव हुँदै, तयारी अन्तिम चरणमा

1.5KShares
बर्दियाको बारबर्दियामा पहिलो पटक महोत्सव हुँदै, तयारी अन्तिम चरणमा

२३ पुस बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा पहिलो पटक महोत्सव संचालन हुने भएको छ ।

घुम्न जाऔं बर्दिया अभियान अन्तर्गत कृषि , उद्योग र पर्यटनमा बृद्धि, बारबर्दिया नगरको समृद्धि भन्ने मुल नाराका साथ बारबर्दिया कृषि , पर्यटन तथा औद्योगीक व्यापार महोत्सवको आयोजना गरिन लागेको हो । बारबर्दिया नगरपालिका उद्योग वाणिज्य संध बारबर्दिया नगरपालिकाको आयोजनामा हुने लागेको महोत्सव पुस २५ गतेदेखि माघ ५ गते सम्म संचालन हुने भएको छ । बारबर्दिया नगरपालिका ६ जय नगर बर्दियामा हुनु लागेको महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार स्टल बुकिङ्ग कार्य जारी रहेको छ ।

महोत्सवमा स्थानिय उत्पादन , कला सस्कृति प्रस्तुत हुनुका साथै पल शाह, बद्रि पंगेनी , ज्योति मगर , पुर्णकला विसी, चक्र बम,शान्ति श्री परियार, अनु चौधरी, करण परियार, रामजी खाँण लगायत अन्य कलाकार र स्थानिय कलाकारको प्रस्तुती रहने छ । साथै प्रथम बारबर्दिया डान्स आइडल पनि हुने भएको छ । आयोजकले महोत्सव अवलोकनका लागी आग्रह गरेको छ ।