१२ पुस काठमाडौं ।श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन् ।
उनी निजी भ्रमणका लागि नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।
शनिबार बिहान ११ः५५ बजे काठमाडौ अवतरण गरेका पूर्व राष्ट्रपति विक्रमासिङ्घे शनिबारै अपराह्न लुम्बिनीका लागि प्रस्थान गरे ।
मन्त्रालयले उनलाई पूर्व राष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ । पूर्व राष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम भएको बताइएको छ ।