१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।चितवनको चौबिसकोठीमा प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। उक्त झडपमा आठ जना प्रहरीसहित रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका हुन् ।
उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।