दाङमा आफ्नै हाकिम र मेयरविरूद्ध आन्दोलनमा कर्मचारी

138Shares
दाङमा आफ्नै हाकिम र मेयरविरूद्ध आन्दोलनमा कर्मचारी

१९ मंसीर दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी आफ्नै हाकिमविरूद्ध मंसिर ९ गतेदेखि चरणबद्ध रूपमा आन्दोलित छन्।आफ्नै हाकिम र मेयरको निर्णयविरूद्ध आन्दोलित कर्मचारीहरू स्थानीय तह अन्तर्गतका कर्मचारीहरू हुन्।प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह अन्तर्गतका सबै कर्मचारीलाई सोही दिन इमेलमार्फत् उनीहरूको स्तर घटुवा गरिएको अवगत गराएका थिए।

कात्तिक १३ गते कार्यपालिका बैठक बसेको थियो। त्यो दिनको निर्णय भन्दै मंसिर ६ गते उनीहरूको स्तर घटुवा गरिएको सार्वजनिक गरिएको थियो।त्यसपछि मंसिर १४ गतेदेखि भने उनीहरू उपमहानगरको प्रशासनिक भवनको मुख्य प्रवेशद्वारमै ब्यानर टाँगेर कार्यालय अवधिभर त्यही बसेर विरोध जनाउँदै आएका छन्।उनीहरूले स्थायी कर्मचारीको घटुवा गर्ने निर्णय बदर हुनुपर्ने, अस्थायी करार कर्मचारीहरूलाई सम्झौता बिना नै गैरकानुनी रूपमा काममा लगाइएको, सहायक कर्मचारीको सेवा सुविधा थप गर्नुको साटो कटौती गरिएको, सेवा निवृत्त कर्मचारीको उपदान रोकेको, समयमा तलब उपलब्ध नगराएको, आफैले पारित गरेको ऐन कार्यविधि भन्दा बाहिर गई मनोमानी निर्णय गरेको जस्ता ६ बुँदामा विरोधका ब्यानर टाँसेका छन्।यो अवधिमा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी पनि कार्यालय आएका छैनन्। डाँगी कार्यालय नआउँदा यो बीचमा पालिकाको आर्थिक गतिविधि भएको छैन।