बर्दियामा टेनिस कोर्ट निर्माण सम्पन्न

384Shares
बर्दियामा टेनिस कोर्ट निर्माण सम्पन्न

दीपक शर्मा

१९ मंसीर बर्दिया । बर्दियाको गुलरियामा टेनिस कोर्टको उदघाटन गरिएको छ ।नवनिर्मित टेनिस कोर्डको उदघाटन गर्दै गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले कुनै पनि व्यक्ति अनुशासनमा रहने पहिलो माध्यम भनेको खेलकुद भएको बताउनु भयो । साथै उहाँले टेनिस बर्दियाको लागि एकदमै नयाँ भएको बताउदै जिल्लामा खेलाडी उत्पादन हुने ति खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाउन सक्ने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले नेपालमा पनि पछिल्लो पटक टेनिस खेलको विकास हुँदै गएको नयाँ नयाँ खेलाडी उत्पादन हुँदै गएको साथै खेलबाट बालबालिकाको भविष्य पनि उज्जल देखिएको बताउनु भयो । टेनिस संघका केन्द्रिय सदस्य डा। निर्माणबहादुर शाहले छोटो समयमै बर्दिया टेनिस संघले कोर्ड निर्माण कार्य सम्पन्न गरेकोमा बधाई दिदै अव खेलाडी उत्पादनमा लाग्न पनि सुझाव दिनु भयो ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले पालिकामा रहेका खेल मैदानहरुलाई व्यवस्थित गरी कभर्ड हल निर्माण र खेलाडी उत्पादन गर्ने पालिकाकाले योजना बनाइरहेको जानकारी दिनु भयो । उक्त कोर्ट निर्माण गर्ने निर्माण कम्पनी साहन्श कन्ट्रक्सन का प्रोपाइटर जगदिश अधिकारीलाई सम्मान समेत गरिएको थियो । उद्घाटन समारोहमा पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्रसिंह भण्डारी पुर्व शसस्त्र प्रहरी अतिरिक्त महारिक्षक प्रेमकुमार शाही, पुर्व महासेनानी ईन्द्रबहादुर शाहलगायतकाले कोर्डको अनुमगन गर्दै टेनिस खेल समेत खेल्नु भएको थियो ।

टेनिस संघ बर्दियाका अध्यक्ष दीपककुमार शर्माले टेनिस कोर्ट निर्माणमा सहयोग गर्दै सवैलाई धन्यवाद दिँदै लुम्बिनी, सुदुरपश्चिम र कर्णालीका कुना कुनामा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य रहेको बताउनु भयो । साथै उहाँले गुलरिया नगरपालिकाको १४ लाख रुपैयाँको सहयोगमा गुलरिया नगरपालिका ४ खेल मैदानमा २ वटा कोर्ट निर्माण गर्न सकिएको बताउनु भयो । सो अवसरमा टेनिस संघले बालबालिकाहरुका लागि लाखौ रुपैयाँ बराबरको खेल सामाग्री टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले टेनिस संघ बर्दियाका अध्यक्ष दीपककुमार शर्मालाई हस्तान्तरण समेत गर्नु भएको थियो ।