विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

75Shares
विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

१५ मंसीर काठमाडौं । ओपनर ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपछि नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स्ले जनकपुर बोल्ट्सविरुद्ध १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रनको योगफल खडा गरेको हो ।