१५ मंसीर कैलाली । कैलालीमा ट्रक दुर्घटना भएको छ।शनिबार बिहान पौने ५ बजे कैलालीको चुरे गाउँपालिका(५ भासु भिरबाट सु।प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक खसेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको छ।
ट्रक कहाँ जाँदै थियो भन्ने खुलेको छैन भने त्यसमा को(को सवार थिए भन्ने पनि नखुलेको प्रहरीले जनाएको छ।ट्रक खसेको अवस्थामा भेटिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए।