१४ मंसीर जाजरकोट । जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका १ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
उहाका अनुसार भे १ ख १३९६ नम्बरको बसले जाजरकोट नलगाड नगरपालिका १ चिउरी बस्ने ३७ वर्षीय सुरेश महरलाई ठक्कर दिएको थियो।उपचारका लागि उनलाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको थियो। चालक बाँके नेपालगंज उपमहानगरपालिका वडा न४ बस्ने बर्ष ४५ को कबिराज घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको थियो।घाइते रहेका महरको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाण्डेले बताए।