बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया सुरु गर्न माग

84Shares
बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया सुरु गर्न माग

१३ मंसीर काठमाडौं । बाँकेमा निर्माणधीन ‘नौवस्ता औद्योगिक क्षेत्र’को निर्माण प्रक्रिया अगाडि बढाउन बाँके बैजनाथको सर्वदलीय टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय टोलीले आज खुमलटार पुुगेर औद्योगिक क्षेत्र निर्माणका विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको यो योजना अहिलेको सरकारले अलपत्र पारेको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पहल गरिदिन नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।