दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

174Shares
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

१२ मंसिर  काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको थियो । सो रिट खारेज भएसँगै थुनामुक्त हुने प्रसाईंको प्रयसा असफल भएको छ । रिट खारेज गरेको सर्वोच्चले सरकारलाई प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न निदेशनात्मक आदेश गरेको छ ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दावी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए। रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो र काठमाडौं जिल्ला अदालत ववरमहललाई विपक्षी बनाइएको छ। सर्वोच्चले प्रहरीलाई बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको हो।