पूर्वराजा ज्ञानेन्द्र एक महिना भ्रमण गर्न नेपालगन्ज जाँदै

120Shares
पूर्वराजा ज्ञानेन्द्र एक महिना भ्रमण गर्न नेपालगन्ज जाँदै

१२ मंसिर  काठमाडौं । लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

पूर्वराजाका सम्बाद सचिव डा. फणीराज पाठकले आगामी साता नेपालगंज भ्रमणमा जाने उल्लेख गरी प्रेस विज्ञप्ति जारी गरेका छन् । भ्रमण तालिका अनुसार करिब एक महिना मध्ये र सुदूरपश्चिम भ्रमणपछि भैरहवा जाने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार नेपालगन्जमा राजनीतिक भेटघाट हुने सम्भावना रहेको छ ।