कम्बोडियाबाट फर्किए सभामुख घिमिरे

105Shares
कम्बोडियाबाट फर्किए सभामुख घिमिरे

१२ मंसिर काठमाडौं । पाँचदिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।
पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका सभामुख थाई एयरको जहाजबाट मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले सभामुख घिमिरेको स्वागत गरे ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को ११औँ पूर्ण सत्रमा सहभागी हुन गएका सभामुख घिमिरेले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए ।

आफ्नो कम्बोडिया भ्रमण सफल रहेको उनले बताए ।