११ मंसिर काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेकोछ ।