मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा

90Shares
मानव तस्करीका आरोपी कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा

११ मंसिर काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले सोमबार साँझ रिहा गरेर अधिकारीलाई उनको श्रीमतीको जिम्मामा पठाएको छ ।