दाङमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

171Shares
दाङमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

१० मंसिर, दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परी सल्यानको बागचौर नगरपालिका ३ घर भई हाल तुलसीपुर ९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेको इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रकम खड्काले जानकारी दिनुभयो ।

लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार डाँगीको मृत्यु भएको थियो ।मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ ।