१० मंसीर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा आज छलफल गर्नु हुने भएको छ ।
पूर्वप्रधानन्त्रीहरू, पूर्वपराष्ट्रमन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग ओलीले छलफल गर्न लाग्नु भएको हो ।भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयलगायतमा छलफल हुने बताइएको छ ।
भ्रमणको पूर्वसन्ध्यामा सुझावका लागि प्रधानमन्त्री ओलीले अनुभवी र सरोकारवालासँग सुझाव लिन लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेबाट चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।