दुर्गा प्रसाईं अस्पताल भर्ना

162Shares
दुर्गा प्रसाईं अस्पताल भर्ना

९ मंसिर काठमाडौं। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्‍यवसायी दुर्गा प्रसाईंलाई अस्पताल भर्ना गरिएको छ ।
आइतबार साँझ वीर अस्पताल भर्ना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका एक अधिकृतले जानकारी दिनु भयो ।गत मंसिर ५ गते पक्राउ परेका प्रसाईंलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । सो क्रममा उनले न्यायाधीश समक्ष आफू क्यान्सरको बिरामी भएको र उपचार गर्नु पर्ने माग राखेका थिए । उनको माग अनुसार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले प्रसाईको उपचार गर्न भन्‍दै प्रहरीलाई ध्यानाकर्षण गरेकी थिइन् ।अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।