विवाह समारोहमा झडपः तीन जना घाइते, ६ जना पक्राउ

120Shares
विवाह समारोहमा झडपः तीन जना घाइते, ६ जना पक्राउ

९ मंसीर कैलाली । कैलालीको विवाह समारोहमा झडप हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्लाको बर्दगोरिया गाउँपालिका– ६ का केशब नेपालीकी छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका –३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको जनाइएको छ । उनीहरू कुटपिटबाट घाइते भएका छन् । बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । उनको साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रहरीले जनाएको छ ।
उक्त झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताउनु भयो । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका– १० बस्ने २२ वर्षीय दिनेश खत्री रहेका छन् ।उता सुख्खडमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशोरमाथि कुटपिट भएको डीएसपी बोहराले बताए । घोडाघोडी नगरपालिका–७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाउने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।कुटपिटको आरोपमा घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश बिक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगर पक्राउ परेका छन् ।