आज उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

114Shares
आज उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

९ मंसिर  काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल देशको कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आइतबार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति, कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।