एमालेलाई कामनपाद्धारा जथाभावी फोहोर गरेको आरोरपमा एकलाख जरिवाना

864Shares
एमालेलाई कामनपाद्धारा जथाभावी फोहोर गरेको आरोरपमा एकलाख जरिवाना

 ८ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

नेकपा एमालेद्धारा शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरेको हो ।


प्रचलित ऐनहरु फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले शुक्रबार एमालेलाई पठाएको पत्रमा उल्लेख भएको छ ।