दीपककुमार शर्मा
थारु कल्याणकारिणी सभा महाधिवेशन २०८१( सुझाव सहितको प्रतिबेदन )
थारु कल्याणकारिणी सभाको २३औं महाधिवेशनको शुभकामना । राजनैनिक ब्यक्ति भएपनि त्यसबाट टाढा रहेर थाकस सबैको अभिभावक बन्नुपर्दछ । कुनैपनि राजनैतिक दलमा आवद्ध ब्यक्तिको हातमा यदि यो संस्था रहन्छ भने यसबाट थारु समाजको मुलमुद्दा स्थापित हुनसक्दैन । थाकसमा प्रतिस्पर्धा होइन सहमति अनिवार्य छ । सम्मानजनक तरिकाले पदासिन गराउने वातावरणको सृजना गरिए थाकसको गरिमाको गाथा जोसुकैले गाउनेछ । हिजो हामीले सम्मानका साथ थाकस अध्यक्ष केवल चौधरी,परशुनारायण चौधरी,दानालाल चौधरी,नरेन्द्र चौधरी,अष्टभुजा चौधरी थिए भन्ने इतिहासलाई नजरअन्दाज गर्न मिल्दैन । त्यो इतिहासको अनुसरण हामीले गर्ने कि नगर्ने ? थाकस तबमात्र सबैको मात्रृसंस्था हुनेछ जब यो राजनीतिरहित सामाजिक नेतृत्वदायी हुनेछ ।संक्षिप्त सुझावमा जे लेखिएको छ त्यो पुर्ण होइन,आवश्यक भए पुर्ण दस्तावेज सहितको सुझाब पनि पेस गरिनेछ ।
१. टीकापुर थारु बिद्रोह
इतिहासमा थारु बिद्रोह कहिले र कहाँ भयो ? थारु बिद्रोह थाकसले नै सर्व स्वीकार्य बनाउनुपर्छ । यदि यो मुद्दा त्यतिकै छोडे थाकस माउ संस्था कहलिने छैन भन्नेतर्फ वर्तमान के.स.,महाधिवेशन प्रतिनिधि लगायत सबैले बुझ्नुपर्दछ । थाकसले टीकापुर थारु बिद्रोहलाई अनदेखा गरे आगामी पथमा सर्व साधारण थारुले कसरी हातेमालो गर्नेछन् ? त्यहिकुरा मध्यनजर गर्दै निम्न बिषयबस्तुलाई लिखित उठान गर्नु मैले मेरो कर्तव्य ठानी एक पहिचानबादी श्रस्टाका कारण सुझावको रुपमा पेस गरेको छुँ
क – झुठा मुद्दा लागेका ब्यक्तिहरुको राजनैनिक जीवन के हुने ?
ख – फ्रहार सुचिमा रहेकाहरूको भविष्य के हुने ?
ग – लाल आयोगको प्रतिबेदन सार्वजनिक गराउने निर्णय किन नगर्ने ?
घ – राजनैनिक दलमा आवद्ध माननीयहरुको भुमिकाको सम्बन्धमा थाकसको मनिटरिङ सहितको निर्देशन खोइ ?ङ – थाकसले टीकापुर थारु बिद्रोहको मुद्दालाई संस्थागत गरेर सरकारसंग राजनैनिक मुद्दा बनाउने अविलम्ब आधार कहिले तय गर्ने ?
२ – सांस्कृतिक ब्यक्तिहरुको केन्द्रीय समितिमा समाबेशिता
क – कलाकार,साहित्यकार,प्राध्यापक,
ख – उत्कृष्ट कार्य गरेका ब्यक्ति,संघ संस्था लगायतकालाई बैठकमा आमन्त्रित के.सदस्य अनिवार्य बनाउनुपर्ने । जस्तैः बेस,मुक्त कमैया बिकास मंच,मुक्त कम्लहरी, बड्घर लगायत थारु महत्त्वपूर्ण संघ संस्थाको प्रमुख ब्यक्ति ।ग – पुर्व था.क.स. का केन्द्रीय अध्यक्षहरु ।
३ – सांस्कृतिक बिभाग सहितको कार्य अभिलेखिकरणक –
थारु भाषामा लेखिएका कृति अभिलेखिकरण सहितको संरक्षण अनिवार्य हुनुपर्ने ।जस्तैः थारु भाषाको पहिलो कृति कसको,कुन र के मा आधारित छ ?पहिल्यायर सम्मान सहित सुरक्षण अनिवार्य गरिनुपर्छ ।
ख – प्रत्येक महाधिवेशनमा पौराणिक,सांस्कृतिक,ऐतिहासिक,
ग – था.क.स.को सांस्कृतिक बिभाग खोइ ?
अ – हाम्रा परम्परागत बाद्य बादन,नृत्यनाटक,दन्त्यकथा,तन्त्
आ – परम्परागत आभूषण,ऐतिहासिक मुद्राको खोजिनिधी कसले गरिदिने ?
इ – सांस्कृतिक आभूषण,पहिरनको वर्गीकरण र विशेषताको साथै यसको विश्व बजारीकरणमा थाकसको ध्यान खोइ ?
४ – थारु पहिचानको आधार
क – भुमिपुत्रको प्रमाणीकरण
ख – जल,जमिन,जंगलको स्वामित्व
ग – बडघर,भलमन्सा,महटावाँ जस्ता ऐतिहासिक पहिचानको महत्त्व बोकेको प्रथा जिवन्त राख्न स्थानीय,प्रदेश,केन्द्र लगायत तिनै तहको सरकारबाट प्रमाणीकरण गर्ने स्वामित्व थाकसले कहिले लिने ?
५ – पुर्ण महाधिवेशनका आधारहरु
१ – था.क.स.को मुल मुद्दा र महाधिवेशनको एजेन्डा खोइ ?
२ – था.क.स.को कुल सम्पत्ति विवरण खोइ ?
३ – कार्यकाल आर्थिक प्रतिवेदन खोइ ?
४ – संसोधित बिधान प्रतिवेदन खोइ ?
५ – था.क.स.को बिदेश नीति के ?
६ – सुझाव
१ – थाकस राजनीति छाँयाबाट टाढा रहनुपर्छ ।
२ – सबैको सम्पुर्ण स्वामित्वको अभिभावक बन्नुपर्छ ।
३ – कानुनबिद समावेश नगरिए संबिधानमा भएका त्रुटीको ब्याख्या कसले गरिदिने ?
४ – नियमित बैठकद्वारा सुचारूकरणको सन्देश समाजलाई दिनुपर्दछ ।
५ – गुटबन्दिले सामुहिक नेतृत्वलाई ध्वस्त पार्छ तसर्थ थाकस गुटबन्दीबाट सदा पर रहनुपर्छ ।
५ – थाकसको निर्देशन सबै तह तप्कामा अनिवार्य लागुहुने आधार तय गर्नुपर्दछ ।