३ मंसीर कालिकोट । कालीकोट जिल्ला अस्पतालको नवनिर्मित ५० शय्याको सुविधा सम्पन्न भवनबाट सेवा सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार अस्पतालको भवनको औपचारिक उद्घाटन गर्दै आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।
अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावको बीचमा सेवा दिँदै आएको थियो । नयाँ भवन निर्माणसँगै अब टिनको टहरामुक्त बनेको अस्पतालले गुणस्तरीय सेवा दिन अपेक्षा गरिएको छ ।