३ मंसिर काठमाडौँ । झाँक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबिच सहमति भएको छ । झाँक्री भुजेलले मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत भएपछि परिवारले शव बुझ्न लागेका हुन् ।
गत बुधबार दिउँसो काठमाडौंको थलीबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा परेर कागेश्वरी मनोहरा नगरपालिकाका नारायण नगरकोटी र उनकी श्रीमती कृष्णीमायाको ज्यान गएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।
प्रहरीको हिरासतमा रहेका भुजेलविरुद्ध मुद्दा चलाइएको छ। उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ। विद्यमान कानुन अनुसार उनलाई एक वर्षको कैद हुने व्यवस्था छ, जसमा धरौटीमा रिहा हुने सुबिधा हुन्छ।