बर्दियाको ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दल चुनावी मैदानमा

318Shares
बर्दियाको ठाकुरबाबा–४ को अध्यक्षका लागि ६ दल चुनावी मैदानमा

२ मंसीर बर्दिया । आगामी मंसिर १६ गते हुने स्थानीय तहमा रहेका रिक्त पदहरूको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भएका छन् । निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेको समयसम्म मनोनयन दर्ता गर्ने कार्यपालिका तय गरेको थियो । सोहीअनुसार दलहरूले मनोनयन दर्ता शुरु गरेका हुन् । लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् ।आईतबार भएको मनोनयन दर्तामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टी नाउपा गरी ६ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

काँग्रेसबाट अमिन थारु, एमालेबाट विष्णुप्रसाद देवकोटा, माओवादीबाट शेर बहादुर थारु, रास्वपाबाट बासुदेव शर्मा, राप्रपाबाट रत्न शाही, नाउपाबाट प्रितिलाल थारुले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।